mira sampang

मेरो प्यारो मायालुको सम्झनामा

Thursday, November 28, 2013

  • बिभिन्न कालखण्डमा गरिएका लिम्वुवान मुक्ति आन्दोलनहरु......


    वि.सं १८३१ मा सन्धी (लालमोहर) द्वारा लिम्वुवानलाई गोर्खाको उपनिवेश बनाईए तापनि त्यस्को बिरुद्धमा विजयपुरका राजा बुद्धिकर्ण खेवाहाङ लिम्वू,याङवरकका हिलीहाङ योङहाङ,चैनपुरका जसमुखी राय,छत्थरका सुनुहाङ खेवाहाङ राय र चारखलका आशदेव लिङदम रायले गोर्खा बिरुद्ध जेहाद छेडेका थिए । त्यसपछि बिभिन्न कालखण्डमा गरिएका लिम्वुवान मुक्ति आन्दोलनहरु यस प्रकार छन् ।
    १.वि.सं. १८३९ मा लिम्बुवान गोर्खाबाट मुक्ति गर्न मुरेहाङ लिम्वु र थामुया लिम्बुहरुको छापामार युद्ध
    २.वि.सं. १८७३ तिर पृथ्वीसिंह लिम्बुको स्वतन्त्र लिम्बुवान राज्य खडा गर्न प्रयास
    ३.वि.सं. १९४१ मा जगदल लिम्बुकोस्वतन्त्र लिम्बुवानका लागि वि द्रोह
    ४.वि.सं. १९५२ मा राज्यले ताप्लेजुङमा अमाल राख्दा हाङपाङका बाजहाङ लिम्बुको बिरोध र हत्या
    ५.वि.सं.२००६ मा लिम्बुवान स्टेट खडा गर्न विजयबहादुर लिम्बुको विद्रोह र २००८ मा उनको हत्या
    ६.राणा शासनको अन्त्यसँगै लिम्बुवान प्रान्तको आश्वासन पाएका क्रान्तिकारी लिम्बुहरुको वि.सं. २००७ मा ललितबहादुर तुम्बाहाम्फेको प्रधानमन्त्रीत्वमा १६ सदस्यीय लिम्बुवान मन्त्रीपरिषद गठन
    ७.वि.सं. २००८ मा अखिल लिम्बुवान सुधार संघको स्थापना गरी इमानसिंह चेम्जोङ ,गणेश रिजाल,तेजबहादुर प्रसार्इद्वारा “लिम्बुवान खडा हुनैपर्छ ” को नाराका साथ लिम्बुवान प्रादेशिक स्वायत्तता माग । उक्त मागमा परराष्ट्र,फौज र यातायात केन्द्रको हातमा र बाँकी सबै अधिकार लिम्बुवान स्वातत्त सरकारलाई दिइनुपर्ने माग
    ८.वि.सं. २०१३ र १४ मा पल्लोकिरात लिम्बुवान प्रतिनिधि मण्डल काठमाडौ गई लिम्बुवान प्रान्तको माग
    ९.वि.सं. २०१८ मा भूव्रि्रम नेम्बाङ को नेतृत्वमा लिम्बुवान राज्य पुन स्थापनाको लागि सशस्त्र विद्रोह
    १०.वि.सं. २०२४ मा राजा महेन्द्रलाई किपट व्यवस्था कायम राख्न क्या.दलबहादुर लिम्बुको अगुवाईमा एक प्रतिनिधि मण्डल काठमाडौ गएको । मानबहादुर पङयाङगु र क्या.दल बहादुर लिम्बुलाई जेल चलान ।
    ११.वि.सं. २०२५ मा धरानमा प्रेमबहादुर माबोहाङ,कृष्णबशादुर थाङदेन,ज.हर्कप्रसाद नेम्बाङहरुद्वारा “किपट सम्पर्क समिति” गठन । प्रेमबहादुर माबोहाङको नेतृत्वमा लिम्बुवान प्रतिनिधि काठमाडौ गई राजा महेन्द्रसँग माग प्रस्तुत
    १२.वि.सं. २०२५ मंसिरमा मेयङलुङमा सम्सेरबहादुर तुम्बाहाम्फे र पद्मसुन्दर लावतीद्वारा बृहत किपटीया सम्मेलन । भूमिसुधार लागू नगरी किपट व्यवस्था नै कायम गरियोस् भन्ने प्रस्ताव पारित ।
    १३.वि.सं. २०३६ सालमा पान्थरमा आत्मनन्द लिङदेनको अध्यक्षतामा “किरात धर्म तथा साहित्य उत्थान संघ” स्थापना भाषा,संस्कृति,जातिय उत्थान तथा संचेतनाका कार्यहरु व्यापकरुपमा गर्दै आएको ।
    १४.वि.सं. २०४५ मा वीर नेम्बाङद्वारा लिम्बुवान मुक्ति मोर्चा गठन र लिम्बुवान स्वायत्तताको माग
    १५.वि.सं. २०४६ मा काठमाडौमा किरात याक्थुङ चुम्लुङको स्थापना र हाल लिम्बुवान स्वायत्तताको माग
    १६.वि.सं. २०५५ मा लिम्बु विद्यार्थी मञ्चको स्थापना र हाल लिम्बुवान स्वायत्तताको माग
    १७.वि.सं. २०५७ मा भक्तराज कङदङवाको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चागठन र लिम्बुवान स्वायत्तताको माग
    १८.पछिल्लो समयमा लिम्बुवान स्वायत्तताकोनाममा खोलिएका संघ संगठनहरु अनगिन्ति पुगेका छन् । नेपालमा मात्र नभएर हङकङ र युकेमा समेत लिम्बुवान पार्टी बनि सकेकाछन् । गएको वर्ष ई.सं. २००८ मा संयुक्त लिम्बुवान मोर्चा समेत गठन भएको छ भने कति पार्टीहरु मोर्चा भन्दा बाहिर रहेर लिम्बुवान स्वायत्त प्राप्त नभए सशस्त्र व्रि्रोहमा उत्रने सुरसारमा छन् । खासगरी संघीय लिम्बुवान राज्य परिषद सबै भन्दा सशक्त पार्टीको रुपमा देखिदै आएको छ ।
    बिभिन्न कालखण्डमा गरिएका लिम्वुवान मुक्ति आन्दोलनहरु...... - .
    jiwanlimbu.blogspot.com
    बिभिन्न कालखण्डमा गरिएका लिम्वुवान मुक्ति आन्दोलनहरु......वि.सं १८३१ मा सन्धी (लालमोहर) द्वारा लिम्वुवानलाई गोर्खाको उपनिवेश बनाईए तापनि त्यस्को बिरुद्धमा विजयपुरका राजा बुद्धिकर्ण खेवाहाङ लिम्वू,याङवरकका हिलीहाङ योङहाङ,चैनपुरका जसमुखी राय,छत्थरका सुनुहाङ खेवाहाङ राय र चारखलका आशदेव लिङदम रायले गोर्...
    Like ·  · Share
    • 2 people like this.
    • Duryodhan Sampang
Posted by Unknown at 9:55 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Wednesday, November 27, 2013



मैले शुरु गरेको आइटी करिअरमा सबै भन्दा समस्या भोगेको क्षेत्र भनेको वेब होस्टिंग हो  । होस्टिंग कम्पनि राम्रो छान्न नसक्दा र सर्भर सम्बन्धि ज्ञान कम हुनाले वेबसाइट लाईभ  भएपछी थुप्रै समस्या हुन्छ ।
यदी तपाइँ पनि कुनै वेब संचालन गरिरहनु भएको छ भने साइट बन्द हुने, ह्याक हुने, इमेल नचल्ने, एरर म्यासेज आउने,स्पेस सकिने, ब्याण्ड विड्थ सकिने  आदि समस्या पक्कै पनि भोग्नु भएको होला ।
तपाइँ वेब डेभलपर नै भए पनि यी समस्याको समाधान आफै गर्न सक्नुहुन्छ भन्ने  छैन  । कतिपय समस्या सर्भरसँग सम्बन्धित हुन्छन् जसका लागि तपाइँलाई त्यसको बिशेष ज्ञान हुनु आवश्यक पर्छ  ।
यस्तो परिस्थितिमा सर्भर कम्पनिको सपोर्ट नपाए समस्या समाधान हुन गाह्रो हुन्छ । र,जसको कारणले  तपाइको पेशा नै धरापमा पर्न सक्छ । तपाइँको पेशागत दक्षतामाथि  प्रश्न  चिन्ह खडा हुन्छ । यहाँ केहि बुदाँ छन् जसले तपाईलाई राम्रो र आफ्नो साइटको लागि सुहाउदो होस्टिंग छान्न सहयोग गर्ने छ ।
मूल्य 
तपाइँको साइटको योजना अनुसार कति मूल्यसम्मको होस्टिंग किन्ने भन्ने कुरा मुख्य बिषय हो ।  अझ नेपालमा बसेर काम गर्नेका लागि  अझ महत्वपूर्ण हुन्छ । पहिलो कुरा पैसा तिर्ने सजिलो नहुनाले  र  दोश्रो कुरा डलरमा तिर्नुपर्ने हुनाले सानो साईट बनाउनेका लागि महँगो हुन जान्छ ।
तपाइँ  ठूलो काम गर्नु हुदैन भने नेपालामा रिसेलर होस्टिंग उपलब्ध गराउने धेरै कम्पनि पनि छन् । जसबाट सजिलै काम लिन सक्नुहुन्छ ।  यदि तपाईंले सिधै मुख्य  होस्टिंग कम्पनि बाट नै लिने सोच बनाउनु भएको छ भने होस्ट गेटर, जस्ट होस्ट , ब्लु होस्ट, गो ड्याडी जस्ता कम्पनिहरुबाट पनि सस्तोमा लिन सक्नुुहुन्छ । तर, सस्तोमा भेटियो भन्दैमा त्यसैलाई विश्वास चाही नगर्नुहोला । खरिद गर्दा निम्न कुराहरुलाई ध्यान राख्नु आवश्यक  छ ।
स्टोरेज क्षमता 
स्टोरेज क्षमता महत्वपूर्ण कुरा हो । सस्तो होस्टिंग भनेर किन्यो तर फाइललाई राख्न ठाँउ नपुग्नाले ठूलो समस्या हुन्छ । त्यसैले बनाउन लागेका वेबसाइट र डाटाबेसको साइजको अनुमान गरेर मात्र होस्टिंग चयन गर्नुपर्छ । भविष्यमा बढ्न सक्ने आकारलाई पनि नजर अन्दाज भने गर्न मिल्दैन । कति कम्पनिले अनलिमिटेड स्पेस उपलब्ध गराउने उल्लेख गरेका पनि छन् । तपाईको आवश्यकता र तिनीहरुले उपलब्ध गराउने अरु विशेषताको आधारमा छान्नुपर्छ ।
डोमेन र सब डोमेन  संख्या 
कति होस्टिङ एकाउन्टमा तपाईलाई डोमेन र सब–डोमेनको लागि सिमित पारिएको हुन्छ । यदि तपाइँको होस्टिङ स्पेस अनलिमिटेड छ तर डोमेन संख्या १ मात्र छ भने त्यसले कुनै अर्थ दिदैंन । त्यसैले  स्पेससंगै कति वटा डोमेनलाई त्यसले सपोर्ट गर्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । यदि तपाइँलाई असिमित सब डोमेन बनाउनु पर्ने छ भने त्यसको सिमिततालाई पनि हेर्नुपर्छ ।
ब्याण्ड विड्थ 
यो तपाइँको वेबसाइट को पपुलारिटी र त्यसमा तपाईंले राख्नु भएको डाटाको साइजमा भर पर्छ । यदिस ाइटमा तस्बिर र भिडियो छ तर व्याण्ड विड्थ भने सिमित छ भने निश्चित भिजिटपछि साइट बन्द हुन्छ । जुन महिनाको आधारमा तोकिएको हुन्छ । सस्तो होस्टिङ लिदाँ भोग्ने गरेको समस्या मध्य यो पनि एक हो ।
टेक सपोर्ट 
टेक सपोर्ट अर्को सबै भन्दा महत्वपूर्ण कुरा हो । आइटी क्षेत्र मै काम गरे पनि यसका सम्पूर्ण विषयमा विज्ञ हुन सकिदैन । वेबसाइटमा देख्दै नदेखेको र सुन्दै नसुनेको समस्या आइपर्छन्, जुन आफूले लेखेको कोडसँग सम्बन्धित हुदैन । कहिले साइट ह्याक हुन सक्छ ।  सम्पूर्ण इमेल डिलिट हुन सक्छन् । समस्या देखिएको समयमा पार लगाउने भनेको भनेको सर्भर सपोर्ट टिम नै हो ।
कति कम्पनिको राम्रो सपोर्ट हुन्छ,कतिको ढिलो सुस्त ढिलो  र सुस्त । जुन कुरा अनलाईनमा अरुको रिभ्यु पढ्नु पर्छ र रिसर्च गर्नु पर्ने हुन्छ । कतिपय कम्पनिले त लाईभ च्याटको पनि व्यवस्था  गरेका हुन्छन् । अर्को कुरा उनीहरुको सपोर्ट अमेरिकामा छ र उनीहरुले  सपोर्ट कार्यालय समयमा मात्र गर्छ भने तपाईलाई समयको फरकले पनि समस्यामा पार्न सक्छ ।
 प्रोग्रामिङ्ग ल्याङ्गवेज सपोर्ट 
तपाइँले होस्टिङ छान्नुअघि कम्पनिले कुन कुन प्रोग्रामिङ्ग ल्याङ्गवेज सपोर्ट गर्छ ध्यान दिनु पर्ने हुन्छ । हुन सक्छ तपाईले बनाउनुभएको बनाउनु भएको साइट पीएचपी मा छ, तर भविष्यमा अर्को ल्याङ्गवेजमा गर्नु पर्ने भयो वा अर्को ल्याङ्ग्वेजको साइट होस्ट गर्नु पर्ने भो भने पुनः अर्को होस्टिंग किन्नु नपरोस ।
डाटाबेस सपोर्ट 
आजकल धेरै  वेबसाइट ‘ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम’ प्रयोग गरेर बनाइएका हुन्छन् । तपाइले होस्टिङ किन्नु अघि साइटको डाटाबेस र त्यो कम्पनिले उपलब्ध गराउने गराउने अन्य डाटाबेस सपोर्टलाई पनि ध्यान दिनु पर्ने हुन्छ ।
इमेल एकाउन्ट 
प्राय सबै होस्टिंगले ईमेल एकाउन्टको सुविधा दिएकै हुन्छन् ।  तर,कति वटासम्म ईमेल बनाउन मिल्छ र त्यसका लागि कति स्पेस उपलब्ध छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । र, तिनिहरुको आफ्नो ईमेल इन्टरफेस छ कि छैन भन्ने कुरा पनि  चेक  गर्नु पर्छ ।  नत्र पछि इमेल प्रयोग गर्न  असुविधा हुन सक्छ । त्यस्तै गुगललको एप्स सपोर्ट गर्छ कि गर्दै भन्ने कुरा पनि बुझ्नु पर्छ । स्पाम इमेलको समाधान गर्छ कि गर्दैन हेर्नु पर्ने हुन्छ ।
अन्य फ्रेमवर्क र एप्लिकेसन सर्पोट  
आजकल कति होस्टिङ कम्पनिले  एक क्लिक मै वर्डप्रेस, जुम्ला जस्ता पपुलर ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम इन्स्टल हुने  सुबिधा उपलब्ध गराउछन्  । यदि फ्रेमवर्क प्रयोग गर्नुहुन्छ भने पक्कै पनि यसले सजिलो  बनाउन सक्छ । साथसाथै अन्य फोरम, बुलेटिन, इकमर्स सोलुसनहरु पनि उपलब्ध गराएको गराएका हुन्छन्  । जसले गर्दा तपाईले एक क्लिक मै आफ्नो सपिङ्ग साइट, डिस्कसन फोरमहरु इन्स्टल गर्न सक्नुहुन्छ ।
साइट ब्याकअप 
यदि साइट ह्याक भयो, सम्पूर्ण डाटा भुलबस डिलिट भयो भयो वा अन्य केहि समस्या देखियो र त्यसलाई समाधान गर्न सकिएन भने त्यो परिस्थितिमा पुरानो ब्याक अपबाट साइटलाई रिस्टोर  गर्नुपर्ने हुन्छ ।
ब्याकअप प्लानकोबारेमा होस्टिंग कम्पनिको आफ्नो  नियम हुन्छ जुन तपाइँले होस्टिङ किन्नु अघि नै  विचार  पुर्याउनु पर्ने हुन्छ । यदि होस्टिङ कम्पनिले आफै व्याक अप  सुबिधा छैन भने तपाइँले आफै  नियमित व्याक अप गर्नु पर्ने हुन्छ । जसले तपाइँको डाटा हराउनबाट बचाउँछ । जसको लागि तपाईलाई सेस एक्सेस र क्रोन जव्सको आवश्यकता पर्न सक्छ । जुन तपाइँको होस्टिंग कम्पनिले  सपोर्ट गर्नु पर्छ ।
अन्य सुबिधा
यी माथीका बुदाँको यदि तपाइँ एडभान्स प्रयोगकर्ता हुनुहुन्छ भने तपाइँलाई सेल एक्सेस, क्रोन जव्स, एचटिएक्सेस जस्ता कुराको पनि आवश्यकता पर्न सक्छ । जुन कुरा होस्टिङ  किन्नु अघि नै विचार पुर्याउनु पर्ने हुन्छ ।
साथसाथै सर्भरको हार्ड वयर, अपरेटिंग सिस्टम, अप टाइम, युजर इन्टरफेस, कन्ट्रोल  प्यानल, एफटिपी एक्सेस  जस्ता कुराहरुलाई पनि ध्यान दिनु पर्ने हुन्छ । यी केहि साधारण कुराहरु थिए जुन कुरालाई तपाइँले मध्यनजर गरेर वेब होस्टिंग किन्नु भयो भने भविष्यमा आउन सक्ने साइटका समस्याहरु बाट केहि हदसम्म मुक्त हुनुहुने छ ।
Posted by Unknown at 9:27 AM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Tuesday, November 26, 2013


पहिचान बिरोधि प्रतिगामी हरु को सड्यन्त्र को प्रतिकार गरम ....नत्र हाम्रा सन्तान हरु पनि बाहुन छेत्री का दासत्व स्विकारी भोगोलिक ७ प्रदेशमा बस्न बाध्य हुनेछन ...इतिहास नबिर्सौ ....हामीले थाहा नपाइ हाम्रो सबै कुरा सुम्पिन्दै गएका छौं
!

१ लम्जुंगमा घले राज्य हुँदा दुराडांडाका बाहूनहरुले कास्कीबाट कुलमंडन शाहको छोरा यशोब्रम्ह शाहलाई( दोश्रो पटक ) राजा बनाउन लमजुङ ल्याउँदा मीत लगाउने भनेर मादीको किनारमा घले राजालाई बोलाएर बालुवा भित्र लुकाई राखेको हतियारले काटेर मारे । त्यों थाहा नपाउँदा लम्जुंगबाट घले बंश समाप्त भयो।

२. द्रब्य शाहले लिगलिग दौङको बेला बांटो छोड़ी पाखै पाखो दौडेर टुप्पामा पुगेर हतियार सहित कब्जा गरिन्जेल पनि सोझा खडका राजाले थाहै पाएनन अनि गोरखाबांट मगर बंशको शासन समाप्त भयो।

३. पृथिबी नारायाण शाहले हनुमान ढोकालाई तिन तिर बाट घेरी सक्दा पनि कान्तिपुरका राजा जयप्रकाश मल्लले थाहै पाएनन अनि काठमांडूमा गोरखाको कब्जा भयो।

४. यस्तै भक्तपुरका राजा रणजीत मल्लले पृथिबिनारायण शाहले आफ्नो छोरासग मीत लगाएर एक बर्ष भक्तपुर बसेको किन हो चालै पाएनन अनि आफ्नो राज्य गुमाउनु पर्यो।...
Like ·  · Share · 16 hours ag
Posted by Unknown at 9:39 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
डा. प्रकाश चन्द्र लोहनी नेपाली सेनालाई राजनीतिक विवादमा ल्याउनु हुदैन भन्ने मान्यताका पक्षपाती हुन् । तर तिनै लोहनीले हालै कान्तिपुर दैनिकमा लेख लेखेर संविधानसभाको दोश्रो निर्वाचनमा सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न खडा गरेका छन् । कान्तिपुरमा प्रकाशित र रातोपाटी डटकमले समेत साभार गरेको त्यो लेख अहिलेसम्म लाखौं नेपालीले पढिसकेका छन् । सुरुमा एमाओवादीले हारको झोंकमा धाँधलीको रडाको मच्चाएको हुनसक्ने आँकलन गरेर बसेका सर्वसाधारण पनि वरिष्ठ राजनीतिज्ञ एवं देशको प्रशासनिक नाडी छामेका लोहनीको त्यो लेखबाट झस्किएका छन् । नेपाली सेना फेरि राजनीतिक बिबादमा तानिएको छ । यसको भूमिकालाई लिएर जनतामा अविश्वास र आशंका उत्पन्न भएको छ । यसरी सेनालाई आफनो राजनीतिक अभिष्टका लागि दुरुपयोग गरी सेनाको गरिमा र गौरवमय छवी धुमील बनाउने काम कसले ग¥यो ? यसको खोजी सुरु भएको छ ।
…..Nepal-army-front
नेपालको इतिहासमा पहिलो पटक निर्वाचन नेपाली सेनाको घेरामा भयो । नेकपा–माओवादीको बहिष्कार अभियानको बहाना बनाएर सेना परिचालन गरिएको भए पनि त्यसभित्रको असली डिजाइन र नियत विस्तारै खुलासा हुँदैछ । रातोपाटीलाई प्राप्त पछिल्लो सूचना अनुसार मतपेटीका हेरफेर गरेर एमाओवादीलाई हराउने अन्तर्राष्ट्रिय षडयन्त्रको सन्दर्भमा सेनाको पनि उपयोग गरियो । यसरी निर्वाचनमा सेना परिचाालन गर्ने सोच र योजना कसरी र कहाँबाट आयो ? त्यसबारेमा रातोपाटीले केही नयाँ सूचना प्राप्त गरेको छ ।
नेकपा–माओवादीले बहिष्कार अभियान चलाइरहेकै बेला सरकारले एकाएक निर्वाचनमा सेना परिचालन गर्ने प्रस्ताव ल्यायो । मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सेना परिचालन गरेर भए पनि निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने बताएपछि एमाओवादी अध्यक्ष प्रचण्डले तत्काल त्यसको विरोध गरेका थिए । प्रचण्डले रेग्मीसँग ‘सेना परिचालनको कुरा कहाँबाट आयो ?’ भनेर बुझन खोज्दा रेग्मीले आफुलाई ‘उच्चस्तरीय राजनीतिक संयन्त्रबाट निर्देशन आएको’ जवाफ दिएका थिए ।
त्यसबेला उच्चस्तरीय राजनीतिक समितिको संयोजक झलनाथ खनाल थिए । अध्यक्ष रेग्मीले आफुलाई झलनाथ खनालले नै सेना परिचालनको तयारी गर्न निर्देशन दिएको जानकारी प्रचण्डलाई गराए । उच्चस्तरीय राजनीतिक समीतिको वैठकमा प्रचण्डले खनाललाई भने, ‘चुनावमा सेना नै किन परिचालन गर्नुप¥यो ? नगरौं । त्यो उचित हुँदैन ।’ त्यो वैठकमा मधेशवादी नेताले त ‘एक पटक परिचालन भएको सेनाले गडबड गर्न सक्छ, फेरि ब्यारेक फकर्ने हो की हैन, सेनालाई मैदानमा ल्याउने काम घातक हुनसक्छ’ सम्म भनेका थिए ।
त्यसबेला झलनाथ खनालले अन्य दलका नेतालाई सेना परिचालन हुँदैमा आत्तिन नपर्ने भन्दै आश्वस्त तुल्याएका थिए । उच्चस्तरीय समितिको बैठकमा खनालले अध्यक्ष रेग्मीको हवाला दिदै भनेका थिए, ‘सेना तेश्रो घेरामा बस्ने हो । पहिलो घेरामा जनपद प्रहरी नै हुन्छन् । दोश्रोमा शसस्त्र प्रहरी र अली परबाट सेनाले निगरानी गर्ने मात्र हो ।’ अध्यक्ष रेग्मीले पनि सेनाले धेरै परबाट मतदान प्रकृयालाई सुरक्षा दिने बताएका थिए । त्यसपछि एमाओवादी अध्यक्ष प्रचण्ड र अन्य मधेशवादी नेता आश्वस्त भएका थिए ।
तर निर्वाचनमा ठिक उल्टो भयो । सेनालाई मतपेटीका भएको ठाउँसम्म परिचालन गरियो । मतदान त शान्तिपूर्ण रुपमा भयो । तर, निर्वाचन प्रकृयाका बाँकी चरणमा दलका प्रतिनिधि र उम्मेदवार सहभागी हुन पाएनन् । मतपेटीकालाई सुरक्षाकर्मीहरुले नै कब्जा गरेजस्तो भयो । मतपेटीकालाई सुरक्षाकमीको जिम्मामा छोडियो । मतदानकेन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका लैजाने क्रममा मतपेटीका सामु दलका प्रतिनिधिलाई बस्न दिइएन । मुचुल्का उठाउने र लाहाछाप लगाउने लगायतका प्रकृयाकेही पुरा गरिएन ।
nepal armyमधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवका अनुसार मतपेटीकासँगै जान चाहने दलका प्रतिनिधिलाई सेनाले लात्तीले हानेर गाडीबाट ओरालेका थिए । त्यसको पछि पछि फलो गर्ने प्रंतिनिधिलाई सुरक्षाकर्मीले हतोत्साहित गरे । कतै फलो गर्ने मोटर साइकलको हावा फुस्काइयो । काठमाडौंमै गोठाटारबाट मतपेटीका बोकेर नयाँ बानेश्वरसम्म ल्याउन सेनालाई ६ घन्टा लगायो । मोरङमा एमाओवादी नेता वर्षमान पुन अनन्तको क्षेत्रमा एक घन्टाको बाटोमा मतपेटीका ल्याउन सेनाले सात घन्टा लगायो ।
तेश्रो घेरामा मात्र परिचालित हुने भनिएको सेनालाई किन पहिलो घेरामै परिचालित गरियो ? यसबारेमा एमाले नेता झलनाथ अहिले किन मौन छन्. ? किन सेनालाई जनताको मत हेरफेर गर्ने षडयन्त्रमा लगाइयो ? किन सेनालाई राजनीतिक बिबादमा ल्याइयो ? यी प्रश्नहरु अहिले देशव्यापी रुपमा खडा भएको छ । जनताको परिवर्तनको चाहनाप्रति सकारात्मक र निष्पक्ष हुँदै गएको सेनालाई यसरी फेरि बदनाम गर्ने र सेनाको गौरवमय छवीलाई धुमील बनाउने तत्वहरु को को हुन ? त्यसको देशभर खोजी भइरहेको छ ।

सेना दुरुपयोगका सिलसिला

बिपी कोइरालाले नेपाली काँग्रेसले सात सालको क्रान्तिपछि सेनालाई जनताको अधिनमा नल्याइ दरबारको अधिनमा राख्नु ‘अक्षम्य गल्ती’ भनेर आफनो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । नेपाली सेनाले मुलुकको राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि यसलाई विभिन्न शक्ति केन्द्रहरुले बेला बेलामा लोकतन्त्रको विरुध्द प्रयोग गर्दै आएको सन्दर्भमा बिपीको त्यो भनाइ निकै महत्वपूर्ण उध्दरणका रुपमा नेपाली राजनीतिमा साभार गर्ने गरिन्छ ।
जस्तै, २०१५ सालको निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत नै ल्याएको थियो, तर दुई वर्ष नबित्दै राजा महेन्द्रले सेनाकै बलमा सत्र सालमा ‘कू’ गरे । सत्र सालको कान्डपछि विपी कोइरालाहरु भूमिगत भएर फेरी सशस्त्र संघर्षको तयारी गर्न थाले । तर, त्यसबेला भारतमा पहिले झैं सशस्त्र संघर्षको ग्राउन्ड बन्न सकेन । पछि इन्दिरा गान्धी र बिपीवीचमै खटपट भयो । बिपी २०३३ सालमा मेलमिलापको नीति लिएर फर्किए । राजासँग घाँटी जोडिएको बयान दिए । कम्युनिष्टहरुप्रति तीब्र आक्रोश पोख्दै उनले राजासँग सहकार्यको नीति लिए । त्यसैबेला पाकिस्तानमा जुल्फीकर अली भुट्टोलाई फाँसी दिइएपछि नेपालमा विद्यार्थीहरुले आन्दोलन चलाए । त्यसमा प्रहरी दमन तीब्र भयो र आन्दोलन चर्कियो । राजा वीरेन्द्र जनमत संग्रह घोषणा गर्न बाध्य भए । त्यसबेला बिपीलाई के आशा थियो भने बहुदलवादीले पक्कै जित्नेछन् । भारतलगायतका लोकतान्त्रिक मुलुकले पनि साथ दिनेछन् । उनले जनमत संग्रहको समर्थन गरे ।
बिपीको विश्लेषण फेल खायो । भारतले बिपीलाई सहयोग गरेन । भारतमा इन्दिरा गान्धीले कुनैबेला आफुलाई हराउन समाजवादी नेता जयप्रकाश नारायणलाई सघाएका बिपीसँग जनमत संग्रहमै बदला लिइन् । जनमत संग्रह घोषणा हुँदा किर्तिनिधि बिष्ट प्रधानमन्त्री थिए, चुनाव गराउने बेलामा सुर्यबहादुर थापा प्रधानमन्त्री बने । बहुदललाई हराएर बिपीलाई धुलो चटाउन सुर्यबहादुरले सेनाको आडमा व्यापक धाँधली गरेको दावी स्वयं काँग्रेसका नेता कार्यकर्ता गर्ने गर्छन् । जनमत संग्रहको केही महिनापछि जनकपुरको धनुसासागर र राम सागरमा सयौं मतमेटीका फेला परेबाट पनि त्यसबेला राज्यबाटै भएको धाँधली स्पष्ट हुन्छ ।
२०४६ सालको जनआन्दोलनपछि गिरिजा कोइरालाले सेना र प्रहरीको आडमा कम्युनिष्टहरुलाई तह लगाउन खोजेका थिए । सुदुर पश्चिमका किलो शेरा टु र रोमीयो अपरेशन चलाइयो । माओवादी तह लगाउन भनेर नै सशस्त्र प्रहरी गठन गरियो । पछि माओवादीविरुध्द सेना नै परिचालन गरियो । २०५८ सालमा राजा ज्ञानेन्द्रले सेनाकै आडमा प्रजातन्त्र खोसे । जनताको भेल उर्लिएपछि भने सेनाको आडमा शासन गर्न नसकिने भएपछि उनले गद्दी छाडे ।
मुलुकमा लोकतन्त्र स्थापनालगत्तै नेपाल सेनाको लोकतान्त्रिकरणको बहस भएको होइन । तर, यसतर्फ कसैले ध्यान दिएनन् । सेनाभित्र विभिन्न शक्ति केन्द्रहरुको चलखेल हुने गरेको र सेनाको दुरुपयोग गर्ने गरिएको जान्दा जान्दै सेनालाई नागरिक सर्वोच्चताभित्र ल्याउन दलहरुले खासै चासो देखाएनन । बरु रुक्मांगत कटवालजस्ता सैनिक प्रमुखले नागरिक सर्वोच्चतालाई नै चुनौती दिए । यही कारण सेनाप्रति विश्वासको संकट चुलिदैगयो ।
पछिल्लो कालखण्डमा सेनाको भूमिका सन्तुलित नै थियो । सेनाले जनताका परिवर्तनका एजेन्डालाई आत्मसात गरेर सुझबुझपूर्ण भूमिका निर्वाह गरेकै हो । लडाकु समायोजन प्रकृयामा सेनाको भूमिका प्रशंसनीय रहयो । कट्वालपछिका सेना प्रमुखहरु राजनीतिक विवादमा खासै परेनन् । संक्रमणकालमा शान्ति प्रकृया टुंग्याउन सैनिक नेतृत्वले निर्वाह गरेको भूमिका सकारात्मक रहयो ।
दोश्रो संविधानसभा निर्वाचनपछि भने नेपाली सेनाको भूमिकालाई लिएर फेरी प्रश्नहरु खडा भएका छन् । सेनाको विश्वसनीयता, गरीमा र गौरवमाथि शंका पैदा हुने घटनाक्रमहरु विकसित भएका छन् । यो पछिल्लो अवस्थाप्रति निश्चय नै सैनिक नेतृत्व पनि गम्भीर भएकै होला । सेनालाई राजनीतिक स्वार्थको लागि उक्साएर विवादमा तान्ने र मुलुकमा अस्थिरता, अराजकता सिर्जना गरी मुलुकलाई फेरी द्वन्द्वमा होम्ने तत्वहरुप्रति सैनिक नेतृत्व पनि सजग हुनु आवश्यक छ । सेना कुनै दलको हैन, देशको हो । सेना कुनै शक्ति केन्द्रको हैन, जनताको हो । सेनाको स्वार्थ भनेको देशको रक्षा र जनताको सुरक्षा हो । सेनालाई यो कर्तव्यबाट बिचलित बनाउन खोज्ने तत्वहरुप्रति सेना सजग हुनुपर्ने विश्लेषकहरु बताउँछन् । सेनालाई जनतासँग भिडाउने षडयन्त्रलाई पनि चिर्नु आवश्यक छ ।
जसरी जनमत संग्रहमा बहुदललाई हराइयो, ठिक त्यही षडयन्त्र अहिले खिलराज र सेनाको आडमा विभिन्न शक्ति केन्द्रहरुले गरेको स्पष्ट भएको छ । अझ, एमाओवादीलाई पूर्ण बहुमत आउँछ भनेर उकास्ने र सहयोग र समर्थनको आ्श्वासन दिएका कतिपय शक्तिकेन्द्रहरुले एकातिर सहयोग गरेजस्तो गरे भने अर्कोतिर हराउने खेलमा लागेको पनि देखियो । यसबाट शक्तिकेन्द्रहरुको सल्लाहमा पूर्ण विश्वास गर्न नहुने रहेछ भन्ने पाठ एमाओवादीले पक्कै सिकेको हुनुपर्छ ।
 
- See more at: http://www.ratopati.com/2013/11/26/95557.html#sthash.iOjsAv0y.dpuf
Posted by Unknown at 12:23 AM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Newer Posts Older Posts Home
Subscribe to: Comments (Atom)
  • मुख्य घर
  • अनलाईन कम्प्युटर ईनिस्टीच्युट
  • अनलाईन कम्प्युटर ईनिस्टीच्युट
  • अनलाईन कम्प्युटर ईनिस्टीच्युट
  • अनलाईन कम्प्युटर ईनिस्टीच्युट
  • अनलाईन कम्प्युटर ईनिस्टीच्युट

mira rai

पहिला यस्तो देख्नुहुनेछ

यस्तो बनाउनुहोस

Blog Archive

  • ►  2015 (1)
    • ►  February (1)
  • ►  2014 (14)
    • ►  October (8)
    • ►  September (2)
    • ►  August (2)
    • ►  May (2)
  • ▼  2013 (12)
    • ►  December (2)
    • ▼  November (4)
      • मैले शुरु गरेको आइटी करिअरमा सबै भन्दा समस्या ...
      • पहिचान बिरोधि प्रतिगामी हरु को सड्यन्त्र को प्...
      • डा. प्रकाश चन्द्र लोहनी नेपाली सेनालाई राजनीतिक...
    • ►  October (6)
  • ►  2012 (8)
    • ►  December (2)
    • ►  November (6)

iam mira sampang(bangdel)

Unknown
View my complete profile

chiya bari

chiya bari
Ethereal theme. Powered by Blogger.