Friday, May 16, 2014

kina mariye madan bhandari?किन मारिए मदन भण्डारी ?

किन मारिए मदन भण्डारी ?

' मदन भण्डारी - २१औं स्मृति दिवसमा पत्रकार किशोर श्रेष्ठका अनुभूति '

5648
 
18
 
3
 
0
 
5682
 

  • किशोर श्रेष्ठ
10153083_10203047705701106_1381027002179180894_nअमेरिका त्यत्रो शक्तिशाली देश तर त्यहींका राष्ट्रपति जोनएफ केनेडी मारिए । पाँच दशक कट्न लाग्दा पनि त्यसको रहस्य अझै खुलेको छैन । उक्त हत्याकाण्डसंग सम्बन्धित थुप्रै पात्रहरु समयक्रममा एकपछि अर्को गरी मारिए । सूचना,सुविधा र प्रविधिको कमीका कारण होला त अमेरिका सो हत्याकाण्डको अनुसन्धानमा चुकेको ? त्यसरी नै मदन भण्डारीका ड्राइभर अमर लामा पनि रहस्य गर्भमै बोकेर मारिए । लामा एमालेका कार्यकर्ता थिए तर कारवाहीबाट बच्न काँग्रेसमा प्रवेश गरे । गिरिजाप्रसाद कोइराला हत्याकाण्डको छानविन आयोग बनाउन सहजै तयार भएनन् बल्लबल्ल दरवारको समेत दवावमा आयोग बन्यो । झारा टार्ने आयोग त बन्यो तर त्यसको चर्को विरोधपछि पुनःअर्को आयोग बन्यो । यसरी यो प्रकरणमा शुरुदेखि नै राजनीति घुस्यो ।
मदन भण्डारीको देहावसानपछिको आन्दोलन र चुनावले एमालेलाई ठूलो पार्टी बनायो । शोकलाई शक्तिमा बद्ल्ने भनियो तर दोषी पत्ता लगाउने,छानबीन गर्नेतिर गम्भीरतापूर्ण ध्यान गएन । त्यसबेला धेरैले भन्थे,यसमा भारतको हात छ । अमेरिकाको संलग्नता छ । तर सिंगै देशलाई दोष लगाएर कसलाई समात्ने ? देशलाई त समात्न सकिंदैन ! यसमा पन्छिने काम मात्र भयो । बीपी कोइराला २०१६ सालमा चीन गएका थिए,फर्कनासाथ राजा महेन्द्रद्वारा अपदस्थ गरिए । वीरेन्द्रले पनि चाइना कार्ड प्रयोग गर्दा त्यो हविगत भयो । मरिचमानको नियति त्यही । ज्ञानेन्द्रले सार्कमा चिनलाई भित्र्याउँदा २४० बर्षको राजतन्त्र गयो । प्रचण्डले बेइजिंग ओलम्पिकको चक्करमा कटवाल काण्डसंगै बालुवाटारबाट झिटिगुन्टा कस्नुपर्यो । मदन भण्डारीको ज्यान पनि चीनबाट फर्केको एक हप्तापछि गएको हो । मदन चीनबाट फर्केपछि प्रचण्डसँग फोनवार्ता भएको थियो । उहाँले भन्नुभयो-”म भोलि पोखरा जान्छु, चितवन हुँदै पूर्वतिरबाट फर्केपछि तपाईसँग भेट हुनेछ ।”
madan bhandari२००६ सालमा बनेको कम्युनिष्ट पार्टी एउटाले अर्कोलाई निषेध नगरी अगाडि बढेको छैन । पुष्पलाललाई सोत्तर नपारी मोहनविक्रमहरु अघि बढेनन् । चौथो महाधिवेशनलाई निषेध नगरी मोटो मशाललाई फलिफाप भएन । सानातिना देखि ठूलासम्म वाम समूहलाई निमिट्यान्न नपारी माले शक्तिशाली बनेन । एमालेलाई तोडफोड नगरी माओवादी मोटाएन । २०५० सालमा मदन भण्डारीको देहावसान भएपछि २०५१ सालमा माओवादी जनयुद्धमा गयो । कमल चौलागाँई जीवित छन् । पम्फा भुसाल पनि राजनीतिमा सक्रिय िछन् । पाटनढोकास्थित जनमोर्चाको कार्यालयमा चुकुल लगाएर कमललाई प्रचण्डले भनेको कुरा पनि बाहिर आउनुपर्छ ।
कसैलाई आरोप लगाएको होइन । देखेको,भोगेको र बुझेको कुरा भन्दैछु । किनभने मदन भण्डारीको हरेक यात्रामा साथै हुने मान्छे हुँ । त्यो बेला बीएको जाँच परेकाले मात्र त्यो दिनको यात्रामा सहभागी थिइन । म मदन भण्डारीसँग दिल्ली गएको छु । त्यहाँ हरकिसन सिंह सुरजितले भनेका कुराको साक्षी छु । मदन भण्डारीले चाहेको भए प्रचण्डजस्तै भारतमा सेल्टर लिएर राजनीति गर्न सक्थे तर त्यस्तो गरेनन् । नेपालमा आएर संगठन बनाए । मदन भण्डारीको राम्रो मित्रता चिनियाँसँग थियो । राजदूत साओ जियाँग्चुसँग खानपिन हुन्थ्यो । बागबजारको पार्टी कार्यालय उद्घाटनमा आउने बिदेशीमध्ये उनी नै थिए । जनादेशमा टीएन प्रधानको नक्कली नाम हालेर,मदनका प्रतिद्वन्द्वी सीपी मैनालीहरुको प्रायोजनमा दासढुँगा काण्डलाई अन्तैतिर ट्वीस्ट गरियो । स्रिंखलाबध्द रुपमा ती कथाहरु जनादेशमै किन छापिए ? त्यसले पनि माओवादीमाथि आशंका जन्मायो । कहिलेकाहीं प्रचण्ड भन्छन्-”मलाई मदन भण्डारी बनाइदिने डर छ ।”,त्यसो हो भने छर्लंग पारुन् न त उनले-मदनलाई कसले,कसरी सिध्याए ? मदन भण्डारी बनाउने शिकारीको पर्दाफास गरेर लौ अनुसन्धानमा सहयोग पुर्याउन् । मदन बितेको २१ बर्ष बित्दा पनि उनले ल्याएको सिद्धान्तलाई कुनै नेताले सीधै काट्छु,हटाउँछु भन्न सकेका छैनन् । उनैको उर्जाले पार्टी फेरि बौरिएको छ र पनि नेताहरु यो घटनाको बारेमा अचेल किन बोल्दैनन् ? पटक पटक सत्तामा आए पनि किन वास्तविकता खोल्दैनन् ? मैले बाटो बताइदिएँ । जानेको,बुझेको कुरा भन्दिएँ । अब यसलाई अनुसन्धान गर्ने नगर्ने जिम्मा सरोकारवालाहरुको ।
२०२९ सालको फागुन २१ गते इलाम जेल सार्ने नाउँमा सुखानीको जंगलमा पाँचजना झापाली क्रान्तिकारी मारिए । त्यसयता बर्षेनी फागुन २१ गते एमालेले सहिद दिवस मनाउन थाल्यो तर अचेलचाहिं छाडिदियो । बरु माओवादीले त्यही तिथिलाई आफ्नो सहिद सप्ताह बनाइदियो । त्यसैले भन्छु, एमालेको लिगेसी लिने,मदन भण्डारीको कुरा गर्ने प्रचण्डले यसको रहस्य बाहिर ल्याउनमा मध्दत गर्नुपर्छ । ल एमालेले त गर्न सकेन । चासो दिएन रे,एमाओवादीले गरेर देखाओस् न त ! मदन भण्डारीमाथि सुरक्षा थ्रेट छ भन्ने कुरा मैले बारम्बार उठाएको हुँ । तर त्यसप्रति प्रदीप नेपालबाहेक अरुले ध्यान दिएनन् । उत्तर कोरियाली राजदूत आन हुइजोंगलाई भनेको थिएँ कि रुपनारायण श्रेष्ठलगायत केही साथीलाई ट्रेनिंगमा पठाइदिनु । तर ट्रेनिगंमा त के पठाउनु,मदनको मृत्युमा स्रध्दान्जलि चढाउन पशुपति आर्यघाटमा समेत आएनन् ।
दासढुगां दुर्घटनास्थल हेर्दा कसैले पनि भन्न सक्दैन कि यहाँ यस्तो दुर्घटना हुनसक्छ । ड्राइभर बस्नेतिर नदी छ,नेताहरु भित्तातिर छन् तर छेउको ड्राइभर सडकमा,कुनाका यात्रु त्रिशुलीको गहिराइमा । यस्तो कसरी संभव छ ? घटनाक्रम हेर्दा यसको बारेमा गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ । एउटा घटना पत्ता लगाउन एउटै सूत्रको पछाडि लागेर पुग्दैन । यसका विभिन्न आयामको बिश्लेषण गरिनुपर्ने हुन्छ । बेलैमा बिचार पुर्याइएन भने यहाँ कोही पनि सुरक्षित रहन्न !
(कुराकानीमा आधारीत)
- See more at: http://www.ratopati.com/2014/05/16/130029.html#sthash.yZGf21yN.dpuf


Wednesday, May 14, 2014

फेसबुक मालिक, जान्नुहोस् जुकरवर्गका १२ रोचक तथ्य

३० बर्षका भए फेसबुक मालिक, जान्नुहोस् जुकरवर्गका १२ रोचक तथ्य

२०७१ जेठ १ गते १०:२० मा प्रकाशित

  686  4  0
Mark Zuckerbergफेसबुकका मालिक मार्क जुकरवर्ग मे १४ तारिखदेखि ३० बर्षमा लागेका छन् । सन् १९८४ मे १४ तारिखमा उनी न्यूयोर्कमा जन्मिएका थिए ।
३० औं बसन्त अघि नै अर्बपतिको सूचीमा प्रवेश गर्ने मार्क एक्ला त हैनन तर यी यस्ता सिमित प्रबिधि बादशाह हुन जसको कामले संसारलाई बदलिदियो ।
१० बर्षअघि उनले थालेको ‘फेसबुक’ले सोसल मिडिया क्रान्ति ल्याउन सफल भयो । आउनुहोस उनै जुकुरवर्गबारे कमै थाहा भएका १२ तथ्यबारे जानकारी लिऔं ।
१. हारभर्ड ड्रपआउट
मार्क हारभर्डमा पढाई बिचमै छाडेर बिजनेस थालेका थिए । उनले अमेरिकाको प्रख्यात बिश्वबिद्यालय हारभर्डमा अध्ययन गर्दाताका फेसम्यास नामको वेबसाइट बनाएका थिए जसले बिद्यार्थीको तस्वीरका आधारमा को आर्कषक छ भनेर आफ्नो भोट दिन पाउँथे । त्यसले खासै ख्याती बटुल्न नसकेपछि उनले फेब्रुअरी ४, २००४ मा द फेसबुक डटकम नामका सामाजिक संजाल सुरु गरे ।
सुरुवातमा फेसबुक बिश्वबिद्यालयका ग्राजुएटहरुको डाटाबेश राख्ने र आपसमा मित्रता कायम गर्ने थलोजस्तो मात्र थियो । सन् २००६ बाट मात्र यो सवैखाले प्रयोगकर्ताका लागि खुला गरिएको थियो ।
२. चोरीको बात
मार्कमाथि बौद्धिक सम्पत्ति चोरीको बात लागेको थियो । हारभर्डमै पढ्ने बेला उनलाई हारभर्ड कनेक्सन नामक वेबसाइट निर्माणका लागि काममा लगाइएको थियो । तर, मार्कले त्यसको आइडिया लिएर निजी प्रोजेक्टको रुपमा द फेसबुक निर्माण गरेको उनलाई काम लगाएका क्यामरोन विनक्लोभ र दिब्य नरेन्द्रले आरोप लगाए । उनीहरुले मार्कविरुद्ध मुद्दा पनि हाले । पछि उनले साढे ६ करोड डलर दिएर यो मुद्दालाई समाधान गरेका थिए ।
३. रंग छुट्टाउन सक्दैनन्
जुकरवर्ग कलर ब्लाइन्ड छन् । उनले रातो र हरियो रंग चिन्न सक्दैनन् । जसका कारण फेसबुकमा निलो रंग निलोको बोलबाला छ । जुकरवर्ग छन्भन– मेरो लागि सवैभन्दा उत्तम रंग नै निलो हो, जुन मैले पुरै ठम्माउन सक्छु ।’
४. माइक्रोसफ्ट र एओएलको जागिर अस्वीकार
हाइस्कूल पढ्दै गर्दा जुकरवर्गले सिनेप्स नामको म्युजिक एप्स बनाएका थिए । त्यतिबेला माइक्रोसफ्ट र एओएलले जुकरवर्गलाई सो एप थप विस्तार गर्न र आफ्नो जागिर खान आउन लाखौं डलरको अफर गरेका थिए । तर, उनले जागिर खानुको सट्टा हारभर्ड बिश्वबिद्यालयमा भर्ना हुने बाटो रोजे ।
५. म्याकडोनाल्ड बर्गरका पारखी
बिश्वको नम्बर एक सोसल नेटवर्किङ साइटका अर्बपति मालिक म्याकडोनाल्डका पारखी हुन् । उनको प्रोफाइलमा जनाइएअनुसार उनलाई बर्गर मन पर्छ, लेडी गागा, बिकोन र केट पेरी उनलाई मनपर्ने सेलिब्रेटी हुन् ।
६. घरमा टीभी छैन
यहुदी परिवारमा जन्मिएका मार्कसँग आफ्नै टीभी सेट छैन् । उनी आफुलाई यस्ता वस्तुमा बिश्वास नभएको बताउँछन् ।
७. झुर पहिरनमा नम्बर १
अर्वपति भइकन पनि जुकरवर्गको ड्रेस सेन्स राम्रो छैन् । उनी अक्सर जिन्स, टीसर्ट र चप्पलमा भेटिन्छन् । सन् २०११ मा त उनी सिलिकन भ्यालीका सवैभन्दा खराव परिहनवाला ब्यक्तिको सूचीको पहिलो नम्बरमा थिए ।
८. आफ्नै स्टाफसँग बिबाह
जुकरवर्गले सन् २०१२ मा लामो समयदेखिकी प्रेमिका प्रसिला चानसँग बिबाह गरे । चान सन् २००४ मा फेसबुक सार्वजनिक भएको दोस्रो दिन फेसबुकमा जागिर खान पुगेकी थिइन् ।
mark-zuckerberg
९. २३ बर्षको उमेरमा कान्छो अर्बपति
सन् २००८ मा जुकरवर्ग संसारकै कान्छा अर्बपतिका रुपमा सूचीकृत भएका थिए जतिबेला उनको उमेर २३ बर्षको मात्र थियो । फोब्र्सको अर्बपति सूचीमा उनी पहिलोपटक ७८५ नम्बरमा परेका थिए ।
१०. बर्षमा १ डलर तलव
मार्क जुकरवर्गले सन् २०१२ मा प्रमुख कार्यकारी अधिकृतका रुपमा ५ लाख ३ हजार डलर तलव बुझेका थिए । तर, सन् २०१३ मा उनले अनौठो निर्णय गरे । उनले आफ्नो तलव घटाएर बर्षको एक डलरमा सिमित गरे । यस्तो निर्णय गर्ने उनी एक्लो भने हैनन् । यसअघि नै बर्षको एक डलर तलव लिने सिइओको क्लवमा एप्पल सिइओ स्टिभ जब्स र गुगल संस्थापकहरु ल्यारी पेज र सर्गेइ ब्रिन छिरिसकेका थिए ।
बर्षका एक डलर तलब भए पनि उनलाई खासै चिन्ता छैन् । किनभने उनीसँग अहिले पनि करिव २५ अर्ब अमेरिकी डलर बराबरको सेयर फेसबुक कम्पनीमा छ, जहाँबाट उनले बार्षिक करोडौैं डलर लाभांस पाउँछन् ।
११. बिशेष सुरक्षा
फेसबुकले जुकरवर्गलाई बिशेष सुरक्षाका लागि खर्च उपलब्ध गराउँछ । उनको आफ्नो निवास र कार्यालयमा पनि बिशेष सुरक्षा प्रबन्ध गरिएको छ जसको सम्पूर्ण खर्च फेसबुकले बेहोर्छ । फेसबुकका लागि जुकरवर्ग सवैभन्दा महत्वपूर्ण भएकाले उनलाई बिशेष सुरक्षाका लागि खर्च गरिएको कम्पनीले जनाएको छ ।
१२. कुकुरका १८ लाख फ्यान
जुकरवर्गसँग टीभी नभएपनि उनी कुकुरका भने शौखिन छन् । उनीसँग बिस्ट नामको एक कुकुर छ जसको फेसबुक फ्यानमात्रै १८ लाख छन् ।
- See more at: http://www.onlinekhabar.com/2014/05/199624/#sthash.5ZaQEukz.6uz56kpd.dpuf