किन मारिए मदन भण्डारी ?
' मदन भण्डारी - २१औं स्मृति दिवसमा पत्रकार किशोर श्रेष्ठका अनुभूति '
- किशोर श्रेष्ठ
अमेरिका त्यत्रो शक्तिशाली देश तर त्यहींका राष्ट्रपति जोनएफ केनेडी मारिए । पाँच दशक कट्न लाग्दा पनि त्यसको रहस्य अझै खुलेको छैन । उक्त हत्याकाण्डसंग सम्बन्धित थुप्रै पात्रहरु समयक्रममा एकपछि अर्को गरी मारिए । सूचना,सुविधा र प्रविधिको कमीका कारण होला त अमेरिका सो हत्याकाण्डको अनुसन्धानमा चुकेको ? त्यसरी नै मदन भण्डारीका ड्राइभर अमर लामा पनि रहस्य गर्भमै बोकेर मारिए । लामा एमालेका कार्यकर्ता थिए तर कारवाहीबाट बच्न काँग्रेसमा प्रवेश गरे । गिरिजाप्रसाद कोइराला हत्याकाण्डको छानविन आयोग बनाउन सहजै तयार भएनन् बल्लबल्ल दरवारको समेत दवावमा आयोग बन्यो । झारा टार्ने आयोग त बन्यो तर त्यसको चर्को विरोधपछि पुनःअर्को आयोग बन्यो । यसरी यो प्रकरणमा शुरुदेखि नै राजनीति घुस्यो ।
मदन भण्डारीको देहावसानपछिको आन्दोलन र चुनावले एमालेलाई ठूलो पार्टी बनायो । शोकलाई शक्तिमा बद्ल्ने भनियो तर दोषी पत्ता लगाउने,छानबीन गर्नेतिर गम्भीरतापूर्ण ध्यान गएन । त्यसबेला धेरैले भन्थे,यसमा भारतको हात छ । अमेरिकाको संलग्नता छ । तर सिंगै देशलाई दोष लगाएर कसलाई समात्ने ? देशलाई त समात्न सकिंदैन ! यसमा पन्छिने काम मात्र भयो । बीपी कोइराला २०१६ सालमा चीन गएका थिए,फर्कनासाथ राजा महेन्द्रद्वारा अपदस्थ गरिए । वीरेन्द्रले पनि चाइना कार्ड प्रयोग गर्दा त्यो हविगत भयो । मरिचमानको नियति त्यही । ज्ञानेन्द्रले सार्कमा चिनलाई भित्र्याउँदा २४० बर्षको राजतन्त्र गयो । प्रचण्डले बेइजिंग ओलम्पिकको चक्करमा कटवाल काण्डसंगै बालुवाटारबाट झिटिगुन्टा कस्नुपर्यो । मदन भण्डारीको ज्यान पनि चीनबाट फर्केको एक हप्तापछि गएको हो । मदन चीनबाट फर्केपछि प्रचण्डसँग फोनवार्ता भएको थियो । उहाँले भन्नुभयो-”म भोलि पोखरा जान्छु, चितवन हुँदै पूर्वतिरबाट फर्केपछि तपाईसँग भेट हुनेछ ।”
२००६ सालमा बनेको कम्युनिष्ट पार्टी एउटाले अर्कोलाई निषेध नगरी अगाडि बढेको छैन । पुष्पलाललाई सोत्तर नपारी मोहनविक्रमहरु अघि बढेनन् । चौथो महाधिवेशनलाई निषेध नगरी मोटो मशाललाई फलिफाप भएन । सानातिना देखि ठूलासम्म वाम समूहलाई निमिट्यान्न नपारी माले शक्तिशाली बनेन । एमालेलाई तोडफोड नगरी माओवादी मोटाएन । २०५० सालमा मदन भण्डारीको देहावसान भएपछि २०५१ सालमा माओवादी जनयुद्धमा गयो । कमल चौलागाँई जीवित छन् । पम्फा भुसाल पनि राजनीतिमा सक्रिय िछन् । पाटनढोकास्थित जनमोर्चाको कार्यालयमा चुकुल लगाएर कमललाई प्रचण्डले भनेको कुरा पनि बाहिर आउनुपर्छ ।
कसैलाई आरोप लगाएको होइन । देखेको,भोगेको र बुझेको कुरा भन्दैछु । किनभने मदन भण्डारीको हरेक यात्रामा साथै हुने मान्छे हुँ । त्यो बेला बीएको जाँच परेकाले मात्र त्यो दिनको यात्रामा सहभागी थिइन । म मदन भण्डारीसँग दिल्ली गएको छु । त्यहाँ हरकिसन सिंह सुरजितले भनेका कुराको साक्षी छु । मदन भण्डारीले चाहेको भए प्रचण्डजस्तै भारतमा सेल्टर लिएर राजनीति गर्न सक्थे तर त्यस्तो गरेनन् । नेपालमा आएर संगठन बनाए । मदन भण्डारीको राम्रो मित्रता चिनियाँसँग थियो । राजदूत साओ जियाँग्चुसँग खानपिन हुन्थ्यो । बागबजारको पार्टी कार्यालय उद्घाटनमा आउने बिदेशीमध्ये उनी नै थिए । जनादेशमा टीएन प्रधानको नक्कली नाम हालेर,मदनका प्रतिद्वन्द्वी सीपी मैनालीहरुको प्रायोजनमा दासढुँगा काण्डलाई अन्तैतिर ट्वीस्ट गरियो । स्रिंखलाबध्द रुपमा ती कथाहरु जनादेशमै किन छापिए ? त्यसले पनि माओवादीमाथि आशंका जन्मायो । कहिलेकाहीं प्रचण्ड भन्छन्-”मलाई मदन भण्डारी बनाइदिने डर छ ।”,त्यसो हो भने छर्लंग पारुन् न त उनले-मदनलाई कसले,कसरी सिध्याए ? मदन भण्डारी बनाउने शिकारीको पर्दाफास गरेर लौ अनुसन्धानमा सहयोग पुर्याउन् । मदन बितेको २१ बर्ष बित्दा पनि उनले ल्याएको सिद्धान्तलाई कुनै नेताले सीधै काट्छु,हटाउँछु भन्न सकेका छैनन् । उनैको उर्जाले पार्टी फेरि बौरिएको छ र पनि नेताहरु यो घटनाको बारेमा अचेल किन बोल्दैनन् ? पटक पटक सत्तामा आए पनि किन वास्तविकता खोल्दैनन् ? मैले बाटो बताइदिएँ । जानेको,बुझेको कुरा भन्दिएँ । अब यसलाई अनुसन्धान गर्ने नगर्ने जिम्मा सरोकारवालाहरुको ।
२०२९ सालको फागुन २१ गते इलाम जेल सार्ने नाउँमा सुखानीको जंगलमा पाँचजना झापाली क्रान्तिकारी मारिए । त्यसयता बर्षेनी फागुन २१ गते एमालेले सहिद दिवस मनाउन थाल्यो तर अचेलचाहिं छाडिदियो । बरु माओवादीले त्यही तिथिलाई आफ्नो सहिद सप्ताह बनाइदियो । त्यसैले भन्छु, एमालेको लिगेसी लिने,मदन भण्डारीको कुरा गर्ने प्रचण्डले यसको रहस्य बाहिर ल्याउनमा मध्दत गर्नुपर्छ । ल एमालेले त गर्न सकेन । चासो दिएन रे,एमाओवादीले गरेर देखाओस् न त ! मदन भण्डारीमाथि सुरक्षा थ्रेट छ भन्ने कुरा मैले बारम्बार उठाएको हुँ । तर त्यसप्रति प्रदीप नेपालबाहेक अरुले ध्यान दिएनन् । उत्तर कोरियाली राजदूत आन हुइजोंगलाई भनेको थिएँ कि रुपनारायण श्रेष्ठलगायत केही साथीलाई ट्रेनिंगमा पठाइदिनु । तर ट्रेनिगंमा त के पठाउनु,मदनको मृत्युमा स्रध्दान्जलि चढाउन पशुपति आर्यघाटमा समेत आएनन् ।
दासढुगां दुर्घटनास्थल हेर्दा कसैले पनि भन्न सक्दैन कि यहाँ यस्तो दुर्घटना हुनसक्छ । ड्राइभर बस्नेतिर नदी छ,नेताहरु भित्तातिर छन् तर छेउको ड्राइभर सडकमा,कुनाका यात्रु त्रिशुलीको गहिराइमा । यस्तो कसरी संभव छ ? घटनाक्रम हेर्दा यसको बारेमा गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ । एउटा घटना पत्ता लगाउन एउटै सूत्रको पछाडि लागेर पुग्दैन । यसका विभिन्न आयामको बिश्लेषण गरिनुपर्ने हुन्छ । बेलैमा बिचार पुर्याइएन भने यहाँ कोही पनि सुरक्षित रहन्न !
(कुराकानीमा आधारीत)
२००६ सालमा बनेको कम्युनिष्ट पार्टी एउटाले अर्कोलाई निषेध नगरी अगाडि बढेको छैन । पुष्पलाललाई सोत्तर नपारी मोहनविक्रमहरु अघि बढेनन् । चौथो महाधिवेशनलाई निषेध नगरी मोटो मशाललाई फलिफाप भएन । सानातिना देखि ठूलासम्म वाम समूहलाई निमिट्यान्न नपारी माले शक्तिशाली बनेन । एमालेलाई तोडफोड नगरी माओवादी मोटाएन । २०५० सालमा मदन भण्डारीको देहावसान भएपछि २०५१ सालमा माओवादी जनयुद्धमा गयो । कमल चौलागाँई जीवित छन् । पम्फा भुसाल पनि राजनीतिमा सक्रिय िछन् । पाटनढोकास्थित जनमोर्चाको कार्यालयमा चुकुल लगाएर कमललाई प्रचण्डले भनेको कुरा पनि बाहिर आउनुपर्छ ।कसैलाई आरोप लगाएको होइन । देखेको,भोगेको र बुझेको कुरा भन्दैछु । किनभने मदन भण्डारीको हरेक यात्रामा साथै हुने मान्छे हुँ । त्यो बेला बीएको जाँच परेकाले मात्र त्यो दिनको यात्रामा सहभागी थिइन । म मदन भण्डारीसँग दिल्ली गएको छु । त्यहाँ हरकिसन सिंह सुरजितले भनेका कुराको साक्षी छु । मदन भण्डारीले चाहेको भए प्रचण्डजस्तै भारतमा सेल्टर लिएर राजनीति गर्न सक्थे तर त्यस्तो गरेनन् । नेपालमा आएर संगठन बनाए । मदन भण्डारीको राम्रो मित्रता चिनियाँसँग थियो । राजदूत साओ जियाँग्चुसँग खानपिन हुन्थ्यो । बागबजारको पार्टी कार्यालय उद्घाटनमा आउने बिदेशीमध्ये उनी नै थिए । जनादेशमा टीएन प्रधानको नक्कली नाम हालेर,मदनका प्रतिद्वन्द्वी सीपी मैनालीहरुको प्रायोजनमा दासढुँगा काण्डलाई अन्तैतिर ट्वीस्ट गरियो । स्रिंखलाबध्द रुपमा ती कथाहरु जनादेशमै किन छापिए ? त्यसले पनि माओवादीमाथि आशंका जन्मायो । कहिलेकाहीं प्रचण्ड भन्छन्-”मलाई मदन भण्डारी बनाइदिने डर छ ।”,त्यसो हो भने छर्लंग पारुन् न त उनले-मदनलाई कसले,कसरी सिध्याए ? मदन भण्डारी बनाउने शिकारीको पर्दाफास गरेर लौ अनुसन्धानमा सहयोग पुर्याउन् । मदन बितेको २१ बर्ष बित्दा पनि उनले ल्याएको सिद्धान्तलाई कुनै नेताले सीधै काट्छु,हटाउँछु भन्न सकेका छैनन् । उनैको उर्जाले पार्टी फेरि बौरिएको छ र पनि नेताहरु यो घटनाको बारेमा अचेल किन बोल्दैनन् ? पटक पटक सत्तामा आए पनि किन वास्तविकता खोल्दैनन् ? मैले बाटो बताइदिएँ । जानेको,बुझेको कुरा भन्दिएँ । अब यसलाई अनुसन्धान गर्ने नगर्ने जिम्मा सरोकारवालाहरुको ।
२०२९ सालको फागुन २१ गते इलाम जेल सार्ने नाउँमा सुखानीको जंगलमा पाँचजना झापाली क्रान्तिकारी मारिए । त्यसयता बर्षेनी फागुन २१ गते एमालेले सहिद दिवस मनाउन थाल्यो तर अचेलचाहिं छाडिदियो । बरु माओवादीले त्यही तिथिलाई आफ्नो सहिद सप्ताह बनाइदियो । त्यसैले भन्छु, एमालेको लिगेसी लिने,मदन भण्डारीको कुरा गर्ने प्रचण्डले यसको रहस्य बाहिर ल्याउनमा मध्दत गर्नुपर्छ । ल एमालेले त गर्न सकेन । चासो दिएन रे,एमाओवादीले गरेर देखाओस् न त ! मदन भण्डारीमाथि सुरक्षा थ्रेट छ भन्ने कुरा मैले बारम्बार उठाएको हुँ । तर त्यसप्रति प्रदीप नेपालबाहेक अरुले ध्यान दिएनन् । उत्तर कोरियाली राजदूत आन हुइजोंगलाई भनेको थिएँ कि रुपनारायण श्रेष्ठलगायत केही साथीलाई ट्रेनिंगमा पठाइदिनु । तर ट्रेनिगंमा त के पठाउनु,मदनको मृत्युमा स्रध्दान्जलि चढाउन पशुपति आर्यघाटमा समेत आएनन् ।
दासढुगां दुर्घटनास्थल हेर्दा कसैले पनि भन्न सक्दैन कि यहाँ यस्तो दुर्घटना हुनसक्छ । ड्राइभर बस्नेतिर नदी छ,नेताहरु भित्तातिर छन् तर छेउको ड्राइभर सडकमा,कुनाका यात्रु त्रिशुलीको गहिराइमा । यस्तो कसरी संभव छ ? घटनाक्रम हेर्दा यसको बारेमा गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ । एउटा घटना पत्ता लगाउन एउटै सूत्रको पछाडि लागेर पुग्दैन । यसका विभिन्न आयामको बिश्लेषण गरिनुपर्ने हुन्छ । बेलैमा बिचार पुर्याइएन भने यहाँ कोही पनि सुरक्षित रहन्न !
(कुराकानीमा आधारीत)

No comments:
Post a Comment