इलाममा अचेल सूचनेलाई हराउँ भन्दै मानिसहरु हिंडन थालेका छन् । सूचना टाँसेर संविधानसभा भंग गराउन मुख्य भूमिका निर्वाह गरेकाले संविधानसभाका पुर्व अध्यक्ष सुवास चन्द्र नेम्वाङलाई हराउन चौतर्फी मोर्चावन्दी सुरु भएको छ । संविधानसभामा पहिचानसहितको संघीयताको विपक्षमा भूमिका निर्वाह गरेकाले उनीसँग पुर्वका जनजाती क्रुध्द छन् । यसैबीच नेम्वाङलाई नेकपा–माओवादीले निर्वाचनमा नलाग्न उर्दी जारी गर्दै पत्र पठाएको छ । यो दोहोरो मारमा परेको नेम्वाङ अचेल डयास माओवादीलाई फकाउन उनीहरुलाई पनि समेटनुपर्छ भन्दै हिंडन थालेका छन् । पत्र पाएपछि आत्तिएका नेम्वाङले निर्वाचन आउँन एक महिना पनि बाँकी नरहदा वैद्य समूहलाई पनि समेटनुपर्ने भन्नु उनको हतास मानसिकता भएको इलामकै एमाले कार्यकर्ता बताउँछन् । ‘यसपाली सुचनेले हार्नै पर्छ’, इलाम बजारका हितमान रेग्मी भन्छन, ‘उनका दिन अब पहिला जस्तो छैन ।
जनजाती रुष्ट
सूचनेसँग अचेल पुर्वका जनजाती निकै रुष्ट बनेका छन् । त्यसको कारण हो, नेम्वाङले पहिचानसहितको संघीयताको विपक्षमा भूमिका निर्वाह गर्नु । संविधानसभामा संघीयता पक्षधरको बहुमत थियो । तर, नेम्वाङले संविधानसभा बाहिर जनजाती ककस बनाउन लगाएर संघीयता पक्षधरवीच फुट ल्याउने कोसिस गरे ।
एमालेमा अशोक राईहरुलाई लखेटनुमा पनि नेम्वाङकै भूमिका रह्यो । अशोक राईलाई एमालेबाट गलहत्याएर आफु एमालेको उपाध्यक्ष हुने नेम्वाङको अभिष्ट थियो । त्यसैले एमालेभित्रका जनजातीलाई भड्काउन उनले पहिचानसहितको संघीयताको विरोधमा पार्टीका नेताहरुलाई कान फुके । नेम्वाङकै कारण एमालेका जनजातीहरु भडकिए र एमाले छाडे । किनकी, एमालेले संघीयतको बारेमा ढुलमुले नीति लियो । अशोक राईले एमाले छाडेपछि आफु उपाध्यक्ष बन्ने नेम्वाङको सपना भने पुरा भएन । पछि पार्टीमा मुल्यांकन हुँदा नेम्वाङकै कारण अशोक राइहरु भडकिएको निश्कर्ष निकालियो । यही कारण अहिले इलाममा एमालेभित्रकै जनजाती तप्का नेम्वाङलाई हराउन लागि परेको छ ।
संविधानसभामा के गरे ?
मुलुकमा चार–चार वर्षको अवधिमा पनि संविधानसभाले संविधान बनाउन नसक्नुमा नेम्वाङको मुख्य भूमिका रह्यो । नेम्वाङले कहिल्यै संविधान निर्माणलाई प्राथमिकतामा राखेनन् । इतिहासको अपुर्व समय खेर फाल्नमा यिनको पनि एक मुख्य भूमिका रह्यो । उदाहरणका लागि संविधानसभा गठन हुनासाथ कान्छी पत्नी र छोराका साथ अमेिरका भ्रमणमा निस्किए । उनलाई अमेरिका शयरको चाँजोपाँजो भने एकनाथ ढकालको क्रिश्चियन मेशीनरीले मिलाएको थियो ।
सुरुमा दुई वर्षसम्म संविधानसभामा संविधान निर्माण हुन नसकेपछि यसका कारणहरुको खोजी भयो । संविधानसभा सचिवालय बलियो नभएकै कारण संविधान निर्माणको काममा सुस्तता आएको धेरैको निश्कर्ष रह्यो । अध्यक्ष नेम्वाङले दुई वर्षसम्म सचिवालयलाई महासचिव बिहिन बनाएर राखे । अघिल्ला महासचिव किरण गुरुङ रुसको राजदूत भएर गएपछि त्यो पदमा खाली नै रहयो । संसदीय मामिलासम्बन्धी कलम चलाउँदै आएका एक पत्रकारका अुनसार नेम्बाङले त्यसरी दुई वर्षसम्म महासचिव नियुक्त नगर्नुको कारण थियो, संचिवालयमा आफनै हैकम कायम गर्नु । महासचिव भएमा चलखेल गर्न नपाईने भएकाले उनले सचिवालयलाई महासचिवहिन बनाए, जसको व्यापक विरोध भयो । र, अन्ततः कार्यवाहक महासचिवलाई महासचिव बनाउन उनी बाध्य भए ।
घडी विनाको मान्छे
नेम्वाङ संविधानसभामा ‘घडि बिनाका मान्छे’का रुपमा परिचित थिए । उनले कहिल्यै पनि निर्धारित समयमा वैठक सुरु गरेनन । संसदीय इतिहासमा नेम्वाङ सभामुख भएपछि नै निर्धारीत मितिमै हुने संसदीय कार्यतालिका फेरबदल भइरहयो । समयमा पक्का नहुने नेम्वाङको अवगुणको भागीदार अन्य सभासद हुनुप¥यो ।
मुखले चिल्लो घस्ने, आफुभन्दा कनिष्ठलाई हेप्ने, आफुभन्दा शक्तिशाली सामु नतमस्तक हुने स्वभावका नेम्वाङ संविधानसभामा आफनो विरोध हुन लागेको सुइको पाएमा दलका नेताहरुको चाकडी गरेर भए पनि आफुविरुध्दको आवाज दबाउन लगाउँथे । संसदमा कुनै एक जना सभासदले नारा लगायो भने पनि वैठक स्थगित गरिहाल्थे । ठुृला दलको चाकडी गर्ने, तर साना दल र स्वतन्त्र सभासदलाई बोल्नै नदिने यिनको रवैयाबाट धेरै सभासद क्रुध्द भएका थिए । सभासद संजय शाहले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजीनामा दिएको राजनीतिक घोषणा गरे । तर, उनले विधिवत राजिनामा भने दिएनन । नेम्वाङले संजय शाहलाई कहिल्यै बोल्न दिएनन, विजय गच्छदार रिसाउलान भनेर । आफुलाई लोकतान्त्रिक र विधिको शासनका पालनकर्ता बताउने नेम्वाङले सभासदहरुको बोली बन्द गर्ने षडयन्त्र मात्र गरे ।
संविधानसभाको अन्तिम दिन बहुमत साँसदहरु भित्र वैठक सूरु होस भनेर होहल्ला गरिरहेका थिए । तर, वैठक सुरु भएमा संघीयता पक्षधरको बहुमत जुटला भनेर पहिचानविरोधी नेम्वाङले बैठक नै डाकेनन् । अध्यक्षको जिम्मेवारी हुन्थ्यो, वैठक डाक्नु । त्यस रात बैठक डाकेको भए संविधानसभाले नै आफनो बाटो पहिल्याउँथ्यो । तर, नेम्वाङले वैठक सुरु नगर्ने अड्डी लिएर बसे । अन्ततः सूचना टाँसेर संविधानसभा भंग गराए । त्यसरी सूचना टाँसेर संविधानसभा भंग गराएकै कारण नेम्वाङ ‘सूचने’का रुपमा बदनाम भए । संयोगले सूचनेको विस्तारीत रुप हुन्छ, सुवास चन्द्र नेम्वाङ ।
आर्थिक चलखेल
संविधानसभामा रहेको सार्वजनकि लेखा समितिलाई नेम्वाङले ‘महा भन्सार’ बनाए । लेखासमितिमा सचिव सरकारी कर्मचारी हुने गर्छन् । सोमबहादुर थापा वर्षौदेखि लेखा समितिको सचिव छन् । लेखा समितिका पुर्व सदस्य रहेको नेम्वाङले आफु अध्यक्ष भएपछि समितिका हरेक निर्णयमा हस्तक्षेप गर्दै अर्बौ रुपैयाँको चलखेल गरेको सुत्र बताउँछ । भ्रष्ट र अख्तियार दुरुपयोग गर्नेहरुसँग हिमचिम बढाएर उनले लेखा समितिलाई आफनो इशारामा चलाए । त्यसैले कसै कसैले उनलाई ‘कमिशन शिरोमणी’कै उपाधि दिएका थिए ।
संविधानसभा सचिवालय सुत्रका अनुसार नेम्वाङको चिया खर्चमा मात्रै दशौं लाख रुपैयाँको विल बनाउने गरिन्थ्यो । उता संविधानसभाको क्यान्टीन ठेक्कामा पनि नेम्वाङको चलखेल भएको थियो । कमिशन खाएर गुणस्तरहीन कम्पनीलाई ठेक्का दिएका कारण क्यान्टीनको खाना खाएर सभासद विरामी पर्न थाले । क्यान्टीनको खाना चर्को महंगो भयो । क्यान्टीनमा आर्थिक घोटाला भयो । यो कुरा व्यवस्थापिका संसदमा पनि उठयो । घोटालाका बारेमा छानविन गर्न कमिटी पनि बन्यो । तर, त्यो समितिले क्यान्टीनमा सुधार गर्नु आवश्यक भन्ने निश्कर्ष बाहेक घोटालामाथि पर्दा हाल्ने काम ग¥यो । र, यो सबै नेम्वाङकै इशारामा भएको थियो ।
जेठी हुँदा हुँदै कान्छी
नेम्वाङले प्रथम पत्नी हुँदा हुँदै विशाल नेम्वाङ नाम गरेकी कान्छी पत्नी भित्रयाए । कान्छीका रुपमा भित्रयाएपछि जेठी पत्नीसँग नेम्वाङको लामो समयसम्म कलह चलिरहयो । ‘त्यो नेम्वाङको मुख हेर्नु नपरोस’ भन्दै अचेल जेठी पत्नी विदेशमै बस्छिन । २०५६ सालको निर्वाचनमा जेठी पत्नी नेम्वाङलाई इलाममा निर्वाचनमा हराउन हङकङबाट २० लाख रुपैयाँ बोकेर आएकी थिईन । इलामका एक एमाले कार्यकर्ताका अनुसार यसपाली पनि आफन्त, इष्ट मित्र र लाई फोन गर्दै उनले भन्ने गरेकी छन, ‘त्यो बहु बिबाहको मुद्दामा जाक्नुपर्नेलाई जसरी पनि हराउनुहोला ।’
जेठीसँग पारपाचुके नहुँदै कान्छी भित्रयाउँदाको झमेला नेम्वाङले संविधानसभामा पनि भोग्नुप¥यो । संविधानसभाका ६०१ जनाको परिचय पुस्तीका प्रकाशित गर्ने क्रममा ‘पत्नी संख्या’ लेखेको ठाउँमा कति लेख्ने भनेर नेम्वाङ अलमलमा परे । पत्नी संख्या एक मात्र लेखे ढाँटेको ठहर्ने, पत्नी संख्या दुई लेखे बहु विवाहको अपराध ठहरिने । यही कारण यो पुस्तीका प्रकाशनमा ढिलाई भयो । पछि एक मात्र पत्नी भन्दै दुनियाँलाई ढाँटेर नेम्वाङले पुस्तीका निकाले ।
नेम्वाङका बाबु यस्ता
नेम्वाङका पिता रामबहादुर नेम्वाङ न्यायाधिश थिए । घरमा काम गर्न राखेको नोकरलाई गोली ठोकेर मारेको अभियोगमा पक्राउ परी जेल जीवन बिताएका थिए । यो नेम्वाङको जीवनको दुःखद पक्ष हो । यसबाट पनि उनी कुन र कस्तो परिवारमा जन्मिए र हुर्किए भन्ने अनुमान गर्न सकिन्छ ।

No comments:
Post a Comment