Tuesday, October 14, 2014

किरात यायोक्खा रार्इ यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न


अक्टोबर ११, यु ए ई दुबई,
किरात रार्इ यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन आज मिति-१०-१०-०१४ का दिन दुबाइको एभरेस्ट होटलमा भव्य रूपमा सम्पन्न भएको छ ।

आयोजक कमिटिद्वारा निर्धारण गरिएको निर्धारित समयमानै सञ्चालन गरिएको कार्यक्रममा पहिलो चरणमा बन्द सत्र र दोस्रो चरणमा खुल्ला सत्र कार्यक्रम राखिएको थियो । संस्थाका कार्यवाहक अध्यक्ष आशीष सुच्चा रार्इको विविध कारण वस अनुपस्थिति रहेको हुनाले दुवै चरणको अध्यक्षता संस्थाका सोनापुर क्षेत्र अन्तर्गतका उपाध्यक्ष महेन्द्र रार्इले गर्नु भएको थियो । बन्द सत्रको कार्यक्रमद्वारा पुरानो कार्य समिति लार्इ भङ्ग गर्दै २७ सदस्सिय नयाँ कार्य समिति चयन गरियो । नय कार्य समिति चयनको लागि प्रस्तावित नामावलीहरूमा प्रतिस्पर्धीको रूपमा कसैले उम्मेद्दारि नदीए पछि नयाँ कार्य समिति चयनमा निर्वाचन प्रक्रिया नअपनार्इ सहमतिय प्रणाली द्वारा  अध्यक्ष-महेन्द्र रार्इ,शुक्र राज खालिङ रार्इ-उपाध्यक्ष, तेज रार्इ-उपाध्यक्ष (प्रस्तावित), भगवती चाम्लिङ रार्इ-उपाध्यक्ष (महिला), ओवेग रार्इ -उपाध्यक्ष, महासचिव-मुम्चे रार्इ, सचिव-हर्क मणि रार्इ, कोषाध्यक्ष-भगवाती दुमी रार्इ, सह कोषाध्क्ष-दिल रार्इ,प्रवक्ता मनोज रूङ्माहाङ रार्इ, प्राविधिक प्रमूख-वालकुमार रार्इ र कार्यकारी सदस्यहरूमा-रमेश रार्इ, सि.के.वन्तावा रार्इ,नविन रार्इ, रूमिहाङ रार्इ, धन कृष्ण रार्इ, पुष्प राज रार्इ-(प्रस्तावित) प्रदिप चाम्लिङ रार्इ-(प्रस्तावित) , राज रार्इ-(प्रस्तावित) , कविता थुलुङ रार्इ, रेणुका रार्इ-(प्रस्तावित) , वसन्त रार्इ, तिलक साम्पाङ रार्इ-(प्रस्तावित), अमृता खालिङ रार्इ- (प्रस्तावित), तारा खालिङ रार्इ , राम कुमार रार्इ, प्रेम रार्इ-(प्रस्तावित) रहनु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ यूएइका वर्तमान अध्यक्ष डेर राज गुरूङको प्रमुख आतिथ्यमा सन्चालन गरिएको दोस्रो चरण अन्तर्गतको कार्यक्रम खुल्ला सत्रमा किराया यूएइका संस्थापक अध्यक्ष कटक रार्इ, खालिङ रार्इ उत्थान समाज यूएइका अध्यक्ष अमर खालिङ रार्इ, नेपाल आदिवासी जनजाति महासंघ यूएइ अन्तर्गतका ९ वटै जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, एन अर एन ए यूएइका प्रतिनिधि गोपाल कँडेल, नेपाल पत्रकार महासंघ यूएइका वर्तमान अध्यक्ष अर्जुन दाहाल,नमस्ते ट्राभल्स बाट एकेन्द्र थापा, पत्रकार हरूमा खेमराज खनाल, भूपराज खनाल, लक्षमण खनाल र त्रिलोचन कोइराला लगायत मानर्थ सदस्य नितु थापा मगर र प्रकृति गुरूङ श्रेष्ठको सहभागिता रहेको थियो ।

पानसमा वत्ती बालेर प्रमूख अतिथिको वाहुल्यवाट समुदघाटन गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय गान गाएर राष्ट्रको सम्मान गर्दै संस्थाका भूतपूर्व सचिव तथा नव निर्वाचित प्राविधिक प्रमुख वाल कुमार रार्इले स्वागत मन्तव्य द्वार उपस्थित सबैलार्इ स्वागत सम्मान गर्नु भयो । सौभाग्य वस आजाकै दिन सुत्र मणी रार्इको अध्यक्षतामा क्षेत्रिय कार्य समिति अल्को+जेवलाली गठन भै नव गठित कार्य समिति को सदस्यहरू -अद्क्ष्य :- सुत्रमनी दुमी राई ,उपाद्क्ष्य:- टेकेन्द्र चाम्लिङ रार्इ, सचिव :- योगेश राई ,सह सचिब :- नोकुल राई, कोशाध्याक्ष्य :- राज कुमार राई, सह कोसाध्यक्ष्य :- चन्द्र राई सदश्य:- चन्द्रमान राई, सदश्य :- देव राज राई, सदस्य :- मनकुमार राई, सदस्य:- हिरा बहादुर राई र सदस्य :- खबिन्द्र राई को उपस्थितिमा क्षेत्रिय कार्य समितिलार्इ पनि अनुमोदन गरियो ।

शुभकामना मन्तव्य दिने क्रममा सम्पूर्ण पत्रकारहरूको प्रतिनिधित्व गर्दै पत्रकार महसँगका बर्तमन अध्यक्ष अर्जुन दाहाले हाम्रो देश नेपालमा समविधान बन्न नसकि देश सङ्क्रमणकालमा गुज्रिरहेको बेला सञ्चार माध्यमबाट सम्बन्धित निकायहरूमा दबाब दिन सवैलार्इ आग्रह गर्दै नेपाल पत्रकार महासंघ यूएइले पत्रकारिता तालिम आगामि सुक्रवार १६-१०-०१४ का दिन एभरेस्ट होटल वरदुवाइमा राखेको र यस कार्यक्रममा सहभागि हुन आग्रह गर्नु भयो । साथै प्रमुख अतिथि डेर राज गुरूङले नय कार्य समितिलार्इ बधाइ दिने क्रममा नेपालमा सङ्घिय प्रणाली लागु भएको अवस्थामा हुने उपलब्धिहरू छोटकरी रूपमा उल्लेख गर्नु भयो । संस्थाका महासचिवले प्रगति प्रतिवेदन प्रस्तुती र कोषाध्यक्ष भगवाती दुमी रार्इ द्दारा आर्थक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्य क्रममको अन्तमा क्षेकास अलको+जेवलालीका नव निर्वाचित अध्यक्ष र मुलकार्य समितिका अध्यक्ष द्द्वायले आ आफ्नो प्रतिवद्दता जाहेर गर्दै किरात रार्इ यायोकखाले चाैथो कार्यकालको विधाइ र पाँचौ अधिवेशनको शुरूवात संगै इलाम जिल्लाका हेमश रार्इलार्इ सहयोग ४५०००/-नेपाली रूपिय गर्ने घोषणा नव निर्वाचित अध्यक्ष महेनद्र रार्इले गर्नु भयो । हेमश रार्इलार्इ गरिने सहयोग सहित किरात रार्इ यायोक्खा यूएइले विभिन्न शिर्षकमा आर्थिक सहयोग मात्रै ६९०००/-दिह्राम बराबरको गरिएको तथ्याङक देखियो । 

No comments:

Post a Comment